आशावादी खगेन्द्र, भावुक मलिका
आजबाट देशभरका हलमा रिलिज भएको नेपाली फिल्म ‘पानी फोटो’को बिहानी शोको व्यापार सुखद छैन । फिल्मको टिमले आज बिहान पत्रकारहरुलाई फिल्म देखाएको छ ।
फिल्म हेरिसकेपछि निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने आशावादी सुनिए । उनले भने–‘मलाई त फिल्मले राम्रो व्यापार गर्छ भन्नेमा पूर्ण विश्वास छ । अपेक्षा त नहुने कुरै भएन । यो फिल्मको बिहानी शोको व्यापार मैले वुझेको थिएँ, राम्रो छ । दर्शक अब बढ्नुहुन्छ ।’
नायिका मलिका महत भने भावुक सुनिइन् । उनले भनिन्–‘मैले त फिल्म हेर्दा बोल्न ठाउँ नै पाइनँ । म भावुक भएँ । सबै जनाले राम्रो काम गर्नुभएको छ ।’ नायिका मेनुका प्रधान पनि आशावादी नै सुनिएकी थिइन् । उनले, पनि दर्शकलाई फरक स्वादको कथा भन्ने कोशिश गरिएकाले मन पराउनेमा विश्वस्त रहेको बताइन् ।
जनयुद्धमा वेपत्ता भएको छोराको खोजीमा लागेका बाबु र आमाको कथामा फिल्म बनेको छ । फिल्मको मुख्य चरित्रमा अनुप बराल र मेनुका प्रधान छन् ।
प्रतिक्रिया