मिरुनाविरुद्ध फुर्वाले जिल्ला अदालतमा गरे मुद्दा दर्ता
नायिका मिरुना मगर र बौद्ध भिक्षु फुर्वा साङ्गो तामाङविचको विवाद अझै सकिएको छैन । बरु, यो विवाद अदालतसम्म पुगेको छ । भिक्षु फुर्वाले मिरुना र प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । उनले, मिरुना र पृथ्वीलाई कानुन बमोजीम कारवाही गर्न माग समेत गरेका छन् ।
बारम्बार माफी माग्न पहिल गर्दा पनि मिरुनाले वेवास्ता गरेपछि मुद्दा दर्ता गरेको फुर्वाले उजुरीमा लेखेका छन् । यस्तै, मिरुनाले कुटपिट गर्न उक्साउने पृथ्वीविरुद्ध पनि कारवाहीको माग गरिएको छ ।
फिल्म ‘कबड्डी ४’ रिलिज भएको तेश्रो दिन आइतबार काठमाडौंको सिभिल मलमा पुग्दा आफूलाई फुर्वाले ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले उनलाई थप्पड हानेकी थिइन् । यस्तै, उनलाई प्रहरीले २ दिन हिरासतमा समेत राखेको थियो ।
पछि, यो प्रकरण चर्किएपछि मिरुनासँग फुर्वाले माफी मागेका थिए । सहमती भएको एक सातापछि फेरि विवादले चर्को रुप लिएको थियो । मिरुनाले माफी नमागेसम्म यो प्रकरण नसेलाउने देखिएको छ ।
मिरुना फिल्म रिलिजपछि लण्डन पुगिसकेकी छिन् । फिल्मले ५१ दिन मनाएको छ । तर, मिरुनालाई भने फिल्म रिलिजपछि उत्पन्न प्रकरणले अझै तनावमुक्त हुन दिएको छैन ।
प्रतिक्रिया