रोमानियामा विवेकको अंगालोमा आँचल

नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड वधु’को रोमानियाको छायांकन सकिने ३–४ दिन रहेको निर्देशन मिलन चाम्सले बताएका छन् । केही सातादेखि रोमानियाको रमणीय लोकेशनमा सामाजिक कमेडी जनराको यो फिल्मको छायांकन भैरहेको छ ।

फिल्मको छायांकनको दृश्यलाई रोमानिया टिभीले प्राथमिकताका साथ प्रशारण पनि गरिरहेको छ । मिलन चाम्सको निर्देशनमा तयार भैरहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । फिल्ममा डाक्टर अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् ।

निर्माणपक्षले फिल्मको छायांकनका केही दृश्य सार्वजनिक गरेको छ । सुदिप बरालको छायांकन रहेको फिल्मका केही दृश्यमा आँचल र विवेक रोमान्टिक देखिएका छन् । फिल्मको गीतमा विदेशी महिला कोरसहरुले समेत अभिनय गरेको देख्न सकिन्छ ।

रंगिन फिल्म बनाउनका लागि माहिर मानिएका निर्देशक चाम्सद्धारा निर्देशित फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । तर, सार्वजनिक तस्वीरले फिल्मलाई लिएर दर्शकमा कौतुहलता बढाउने निश्चित छ ।