सद्गुरुको निम्तो आएपछि भारत जाँदै राजेश हमाल

नायक राजेश हमाल भारतीय योग तथा आध्यात्मिक गुरु सद्गुरुको निम्तो मान्न भारत जाने भएका छन् । उनी भदौको ९ गते भारत जानेछन् । भारतका आध्यात्मिकम सेलिब्रिटीसमेत रहेका सद्गुरुसँग उनले टक शो गर्नेछन् । यो शोको छायांकन भदौको ११ गते हुनेछ ।

कुराकानीमा हमाल र गुरुविच नेपाल र भारतको मित्रता, कला–संकृती र अध्यात्मलगायत बिषयमा कुराकानी हुने वुझिएको छ ।

हमाल भारतको तमिलनाडुस्थित कोइमबतुर जानेछन् । हमाल र सद्गुरुविच कुराकानीका लागि लामो समयदेखि प्रयास भैरहेको थियो । तर, यसपटक गुरुले आफै हमाललाई निम्तो दिएका हुन् ।