‘यमबुद्ध पार्क’ बनाउन महानगरले छुट्यायो १ करोड ५० लाख

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले केही समय अगाडि यम बुद्धको सालिक बनाउने बताए । चर्को विरोध भएपछि यो निर्णयबाट पछि हटेका बालेनले अब ‘यमबुद्ध पार्क’ बनाउने भएको छन् । चालु आर्थिक बर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै महानगरपालिकाले पार्क बनाउन १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

महानगरले नयाँ पुस्तालाई बी बोइङ र स्केटबोर्डिङमा प्रोत्साहित गर्नका लागि पूर्वाधारसहितको पार्क बनाउने योजना अगाडि सारेको हो । महानगरको १६ नम्बर वडामा यस्तो पार्क बन्नेछ । पार्कमा यम बुद्धको सालिक रहने वा नरहने भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन ।

र्यापर समेत रहेका मेयर बालेन्द्र शाह यम बुद्धको ठूलो फ्यान हुन् । यसैले, उनले यम बुद्धको नाममा पार्क बनाउन बजेट नै छुट्याएका छन् ।