प्रदर्शकलाई ‘पानी फोटो’ भन्दा साउथ र बलिउड फिल्ममा बढी आशा
शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली फिल्म ‘पानी फोटो’माथि प्रदर्शकको आशा कम देखिएको छ । मल्टिप्लेक्सले यो फिल्मका लागि छुट्याएको शोबाट पनि यो कुरा बताउन सकिन्छ । यो फिल्मलाई खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन् । फिल्मलाई देशभरकै मल्टिप्लेक्सले औषत शो दिएका छन् । क्यूएफएक्स चेनले देशभरका हलमा २१ शो उपलब्ध गराएको छ ।
यस्तै, बीग मुभिज, वान सिनेमाज लगायतका हलमा पनि फिल्मले अपेक्षित शो पाएको छैन । बरु, प्रदर्शकलाई साउथको फिल्म ‘विक्रान्त रोना’माथि बढी भरोसा देखिएको छ । यो फिल्मले क्यूएफएक्स चेनमा २६ शो पाएको छ । बीग मुभिज र वान सिनेमाजमा पनि यो फिल्मले राम्रो शो पाएको छ ।
यस्तै, अर्को फिल्म ‘एक भिलेन रिटन्र्स’ले पनि ब्रान्डको फाइदा उठाएको छ । जोन अब्राहिम, अर्जुन कपुर, दिशा पटानी, तारा सुतरियाको मुख्य अभिनय रहेको मोहित सुरी निर्देशित फिल्मलाई क्यूएफएक्स चेनले ४६ शो दिएको छ । यस्तै, अन्य हलमा पनि यो फिल्मले राम्रो शो पाएको छ ।
‘कबड्डी ४’पछि नेपाली फिल्मको व्यापार निरन्तर खस्किरहेको समयमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, मलिका महत्त अभिनित जनयुद्धपछिको कथा भनिएको यो फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया