चार वर्षपछि पर्दामा फर्केका रणवीरले यस्तो कल्पना पनि गरेका थिएनन्

आजकल साउथका फिल्मको बक्स अफिसमा हावी रहेको छ । यही शुक्रबार बलिउडको ‘शमशेरा’ साउथको ‘थ्याङ्क यू’ र ‘मलयकुञ्जु’ रिलिज भएका थिए । जसमध्ये ुथैंक यूु और ुमलयंकुंजूु को व्यापार राम्रो चलिरहेको छ । अर्कोतर्फ रणवीर कपूरको फिल्म शमशेराको कुरा गर्ने हो भने, यसले पहिलो दिनदेखि नै बक्स अफिसमा नराम्रो घाटा भोगिरहेको छ ।

ओपनिङका दिनमै औसत कमाई गरेपछि यो फिल्मको कलेक्सन सप्ताहन्तमा झनै घटेको छ । समग्रमा भन्नु पर्दा चौथो दिनमा नै बक्स अफिसमा शमशेरा फेल खाएको छ । तर, यो फिल्म मार्फत रणवीर कपुरले चार पछि पुनरागमन गरेका हुन् । यस्तो अवस्थामा कलाकारबाट यस्तो अपेक्षा कसैले गरेका थिएनन् ।

चार वर्षपछि ठूलो पर्दामा फर्केका रणवीरले शमशेरालाई यस्तो हुनेछ भनेर कल्पना पनि गरेका थिएनन् । १५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमै बक्स अफिसमा धमाकेदार कमाई गर्नेछ भन्ने थियो, तर फिल्म यसरी पछारीयो कमाई गर्ने वातावरण कतैबाट बनेन् । शमशेराको सोमबारको तथ्याङ्क पनि निकै खराब रहेको थियो । मिडिया रिपोर्टका अनुसार मंगलबार शमशेराको कलेक्सन ७० प्रतिशतले घटेको छ । फिल्मले २.६० करोड मात्रै कमाइ गरेको बताइएको छ । यस अनुसार फिल्मको कुल कमाई ३७.३५ करोड पुगेको छ । अब यो फिल्मले ५० करोड कमाउन संघर्ष जारी गरेको छ ।