रमितको ‘मुस्कान’मा बनमन्त्रीको अभिनय नरहने
बनमन्त्री प्रदीप यादवले विभिन्न संचारमाध्यममा आफूले नायक रमित ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘मुस्कान’मा काम गर्न लागेको बिषयमा आएको खबरबारे गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले नायक ढुंगानाले आफूलाई प्रस्ताव गरेपनि मन्त्रालय र देशको थप जिम्मेवारीका कारण फिल्ममा अभिनय नगर्ने बताएका छन् ।
उनले लेखेका छन्–‘विभिन्न चरणमा रमितजीसँग छलफल पनि भयो । तर, अहिले थपिएको जिम्मेवारीका कारण मन्त्रालयको कामले नै समय अभाव भएको यहाँहरुलाई सर्वविधितै छ । देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जंगल र बन्यजन्तुको संरक्षण एवंम संवद्र्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यस्तताको कारण फिल्मको छायांकनका लागि समन नमिल्ने स्पष्ट पार्न चाहन्छु ।’
उनले, आफ्नो बिषयमा जोडिएका समाचार लेख्दा वुझेर मात्र लेख्न संचारमाध्यमलाई आग्रह गरेका छन् । नायक रमित ढुंगानाले उनकै निर्देशनमा एसिड पिडित मुस्कान खातुनको जीवनमा आधारित रहेर ‘मुस्कान’ नामक फिल्म बनाउने तयारी गरेका छन् ।
प्रतिक्रिया