विकास बोर्ड अध्यक्षमा भूवन केसी ?
नेपाल सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भूवन केसीलाई नियुक्त गर्ने निर्णय गरेको श्रोतले बताएको छ । तर, यो बिषयमा नायक भूवन केसीले केही पनि बोल्न मानेनन् । उनले, भोलीसम्म पर्खिन आग्रह गरेका छन् ।
तर, श्रोतका अनुसार आजको मन्त्रीपरिषद् बैठकले भूवन केसीलाई बोर्ड अध्यक्ष बनाउने निर्णय गरेको छ र यसको घोषणा भोली गरिनेछ ।
दयाराम दाहालको कार्यकाल सकिएपछि सरकारले भूवनलाई बोर्ड अध्यक्ष बनाउने निर्णय गरेको वुझिएको छ । भूवनले पनि आफूले सकारात्मक कुरा सुनेपनि भोलीसम्म पर्खिन आग्रह गरे ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका थिए ।
प्रतिक्रिया