प्रचार-प्रसार गर्ने फरक शैली अपनाएको ‘म’को बाइक र्याली
आगामी श्रावण २० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘म’को आम दर्शक सम्म प्रचार-प्रसार गर्ने शैली फरक फरक अपनाईरहेको देख्न पाइन्छ ।
फिल्म ‘म’को दर्शकलाई ट्रेलर देखाउने शैली होस् या प्रचार गर्ने शैली फरक अपनाएको छ ।
यस अघि काठमाण्डौका मुख्य मुख्य चोकमा जाममा परेका आम जनमानसलाई समेत टार्गेट गरेर व्यवसायिक प्रयोजनको लागि राखीएको सबै ठुलो डिजीटल स्क्रिनहरुमा अहिले फिल्म ‘म’ को ट्रेलर बजाइरहेको देख्न सकिन्छ ।
अहिले ‘म’ फिल्मको प्रचारकालगि चक्रपथमा मोटरसाइकल र्याली आयोजना गरेर उक्त र्यालीमा प्रचार–प्रसार टिमका सदस्यहरु सहभागि भएका देखिए । प्रचार–प्रसार लागि यसरी निरन्तर नयाँ नयाँ उपाय अपनाउदै ‘म’ ले सुरुवात गरेको यो शैलीलाई पक्कै पनी नयाँ तथा फरक थालनी भन्न सकिन्छ ।
काठमाण्डौका मुख्य चोकहरुमा दैनीक लाखौँ यात्रुहरु जाममा पर्नुपर्ने बाध्यता छ। हल सम्म नजाने र युट्युवमा भिडियो नहेरेका सर्वसाधारण यात्रुले पनि फिल्मको बारेमा थाहा पाउने यो तरिकाले रिङ रोडमा राउन्ड लगाउने क्रममा उनीहरुले दर्शकलाई फिल्म हेर्न आग्रह गर्दा प्रभावकारी रहेको देख्यिो । यो अभियानले फिल्मप्रति दर्शकको उत्सुकता बढेको फिल्म निर्माण टिमको भनाई छ ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सस्पेन्स थ्रीलर फिल्म ‘म’ को निर्देशक सुवर्ण थापा हुन् भने यसका क्रीयटीभ निर्माता प्रकाश पुरी हुन् ।
सरोज खनाल, निराजन प्रधान, रुविना थापा, निशा अधिकारी, सबीन श्रेष्ठ, नरेन खड्का, सरीता लामीछाने सँगै नयाँ अनुहारमा संजोग रसाईली र पुनम श्रेष्ठको अभिनय रहेको फिल्म ‘म’ यही श्रावण २० गतेबाट देश भर प्रदर्शन हुदैछ ।
प्रतिक्रिया