ज्ञानेन्द्रसँग मिलेर ‘जेल ब्रेकर’को तयारीमा छवि
नेपाली फिल्म क्षेत्रका बाघ निर्माता छविराज ओझाले केही बर्षको अन्तरालपछि नयाँ फिल्मको तयारी गरिरहेका छन् । उनले आफ्ना प्रिय निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा नयाँ फिल्म ‘जेल ब्रेकर’ बनाउन लागेको वुझिएको छ । यो फिल्मलाई छविले बनाउँदै आएका फिल्म भन्दा केही फरक बनाउने तयारी निर्माणपक्षको छ ।
फिल्मको कथा लेखनको काम भैरहेको वुझिएको छ । निर्माता ओझाले पनि मेरो फिल्मसँगको भेटमा यो खबरको पुष्टी गरेका छन् । उनले, आफूले अब लगातार फिल्म निर्माण गर्ने पनि बताए ।
नायिका शिल्पा पोखरेलसँग मुद्दा मामालामा परेपछि छविले फिल्म बनाउने काम रोकेका थिए । तर, अब उनले सक्रिय रुपमा फिल्म बनाउने र आफ्नो बाघ निर्माताको छवि फर्काउने सोच बनाएका छन् ।
छविले फिल्म ‘किस्मत ३’ बनाउन लागेको पनि चर्चा छ । तर, छविले यो फिल्म निर्माणको बिषयमा भने अस्विकार गरेका छन् ।
प्रतिक्रिया