आर्यनको हातमा फिल्मः छनत छ, तर कहाँ छ ?
नायक आर्यन सिग्देलले आफूलाई फिल्ममा कमब्याक गराउन खुबै कोशिश गरिरहेका छन् । तर, उनको कोशिश सबै असफल भयो । ‘हजार जुनी सम्म, च च हुँई’ जस्ता फिल्म नचलेपछि निराश बनेका आर्यनको हातमा फिल्म त छ । तर, खै कहाँ छ भने जस्तो भएको छ ।
आर्यनले नायिका उपासना सिंह ठकुरीसँग जोडी बाँधेर काम गरेको फिल्म ‘डिसेम्बर फल्स’ बिचमै रोकियो । यो फिल्म अब पुरा हुन्छ या हुँदैन कसैलाई थाहा छैन । लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्मको अझै ३० प्रतिशत बढी काम गर्न बाँकी छ । यसैले, यो फिल्म बनेर हलमा लाग्छ भन्ने आशा कमैलाई मात्र छ ।
आर्यनले कविराज गहतराजको निर्देशनमा बन्न लागेको फिल्म ‘मिरर’मा पनि काम गर्ने पक्का भएको थियो । फिल्ममा पनि उपासना सिंह ठकुरी नै नायिकाको रुपमा थिइन् । तर, यो फिल्म पनि खै के भने जस्तै भयो । फिल्म बन्ने कुनै सुरसार नै छैन । लागूपदार्थ दुव्र्यसनीको कथामा यो फिल्म बन्न लागेको थियो ।
आर्यनले, मधुसुदन भट्टराइको निर्देशनमा बन्ने फिल्म पनि साइन गरेका छन् । तर, यो फिल्मको अन्य काम अगाडि बढेको छैन । यसअर्थमा, यो फिल्मको काम पनि कहिलेबाट सुरु हुन्छ कुनै अत्तोपत्तो छैन ।यसरीहेर्दा, आर्यनको हातमा ३ वटा फिल्म त छ, तर कहाँ छ भने जस्तै भएको छ ।
प्रतिक्रिया