दयाहाङको पिता बन्न ६० बर्षिय हमालले अस्विकार गर्दा विपिन कसरी तयार ?

नायक विपिन कार्कीले आफूलाई हरेक भूमिकामा ढाल्न सक्छन् । यसैले, त विपिनको माग पनि फिल्म बजारमा खुबै छ । उनै, विपिन रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको एक नयाँ फिल्ममा नायक दयाहाङ राईको पिता बन्न तयार भएका छन् ।

यो भूमिकाका लागि सुरुवातमा नायक राजेश हमाललाई प्रस्ताव गरिएको थियो । तर, राजेशले आफू फिल्ममा अहिले नै बाबुको भूमिकामा देखिन तयार नभएको जवाफ दिए । तर, रामबाबुको प्रस्ताव विपिनले स्विकार गरे । विपिन आफैले पनि यसलाई आफ्नो करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका भनेका छन् । तर, यो भूमिकामा काम गर्न आफू तयार भएको विपिनले बताएका छन् ।

बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने तयारीमा रहेका विपिनको माग फिल्म बजारमा उच्च छ । विपिन पनि आफूलाई चुनौतीपूर्ण भूमिकामा काम गर्न मन लाग्ने बताउँछन् । रामबाबुले फिल्मको नाम अहिले ‘फूलबारी’ राखेका छन् । फिल्मको नाम पछि परिवर्तन हुन सक्ने उनको भनाई छ । फिल्मले अभिभावक र सन्तानविचको कथा भन्नेछ ।