रानी तीज गीतमा श्रीमान्सँग खर्च नमाग्ने बीनाको तर्क
हिजोआज तीजको गीतमा महिलाहरुले दुःख भन्न छाडेका छन् । बरु, तीज गीतमा महिलाहरुले आफ्नै खुट्टामा उभिएको, श्रीमान्सँग खर्च नमाग्ने, सबै जना मिलेर अगाडि बढ्नुपर्ने जस्ता सन्देशहरु दिन थालेका छन् । यस्तै, सन्देश बोेकेको तीज गीतका साथमा गायिका रानी शाक्य दर्शकमाझ आएकी छिन् ।
सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । भिडियोमा मोडल विना राउतले दर्जन बढी कोरसहरुको साथमा नृत्यष् गरेकी छिन् । भिडियोमा देवेन्द्र पाण्डेको निर्देशक तथा कोरियोग्राफी छ ।
विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । गायिका शाक्यले अन्य तीज गीत भन्दा ‘खर्च माग्दीनँ’ केही भिन्न भएको बताइन् । उनले, अबका तीज गीतले महिलाको सफलताको कथा भन्नुपर्ने पनि तर्क गरेकी छिन् ।
प्रतिक्रिया