नेपाली फिल्मको ३ महिने क्यालेन्डरः दर्शकले टिकटमा मात्रै ५ हजार बढी खर्च गर्नुपर्ने
साउनको दोश्रो सातादेखि असोजको अन्तिम सातासम्म नेपाली फिल्म रिलिजको बाढी नै छ भन्दा हुन्छ । फिल्म रिलिजका लागि चाडपर्व र ठूलो बिदा कुर्ने परिपाटी नेपाली फिल्मका निर्माताले अझै छाडेका छैनन् । सामान्य समयमा रिलिज भएर पनि ‘कबड्डी ४’ले बक्स अफिसमा बम्पर कमाई गरेको सबैलाई याद छ । तर, आम निर्माता ठूला चाडपर्वमा फिल्म जुधाउन तयार हुन्छन् तर सोलो रिलिजका लागि तयार हुँदैनन् ।
साउनको दोश्रो साता अर्थात १३ गतेबाट सुरु हुने फिल्म रिलिजको क्यालेन्डर तिहारसम्म छ । तर, हामी असोज अन्तिमसम्मको चर्चा गर्दछौं ।दर्शकले एउटा फिल्मका लागि सामान्यतया ३५० रुपैयाँको टिकट काट्नुपर्छ । यसअर्थमा असोजको अन्तिमसम्म एक जना दर्शकले नेपाली फिल्मको टिकटका लागि मात्रै राम्रै रकम खर्च गर्नुपर्ने देखिन्छ ।
साउनको १३ गते खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘पानी फोटो’ रिलिज हुँदैछ । यसको एक सातापछि फिल्म ‘आँधीतुफान र म’ रिलिज हुँदैछ । भदौमा फिल्मको लाइनअप अझै अचम्मलाग्दो छ । कृष्णजन्माष्टमी र तीज पर्वलाई लक्षित गरेर आधा दर्जन बढी फिल्म रिलिज हुँदैछन् ।
भदौको ३ गते ‘माइकल अधिकारी, कृष्णलीला र प्रेमगन्ज’ रिलिज हुँदैछन् । त्यसको एक सातापछि ‘प्रकाश र राधा’ रिलिज हुँदैछन् । भदौको १७ गते फिल्म ‘सम्हालिन्छ कहिले मन र झिंगे दाउ’ रिलिज गर्न निर्माता तम्सिएका छन् । भदौको २४ गते ‘ब्रम्हास्त्र’लाई दिएका मेकरले भदौको ३१ गते ‘बाबरी र लाखे’ रिलिज गर्दैछन् ।
असोजमा पनि फिल्मको लाइअप लामो सुनिएको छ । असोज ७ गते फिल्म ‘प्रेमगीत’ रिलिज हुँदैछ । यस्तै, असोजको १४ गते ‘परदेशी २’ र असोजको २८ गे फिल्म ‘हिजो आजका कुरा’ रिलिज हुँदैछ । तर, असोजमै ‘महापुरुष र माग्ने राजा’ रिलिजको तयारी गरिएको वुझिएको छ ।
कार्तिकको ४ गते रिलिज हुन लागेका फिल्म ‘के घर के डेरा र २ नम्बरी’ पनि प्रतिक्षामा नै छन् । हामीले यहाँ हिन्दी र अंग्रेजी फिल्मको यहाँ चर्चा गरेका छैनौ । यसरीहेर्दा, दर्शकले नेपाली फिल्मका लागि मात्र औषतमा ५ हजारको टिकट काट्नुपर्ने देखिएको छ ।
सामान्य मितिमा सोलो रिलिज गर्दा पनि शक्तिशाली बिषयवस्तु भएका फिल्म चलेका छन् । तर, नेपाली मेकरले दशैं, तिहार, तीज जस्ता चाडपर्वमा फिल्म जुधाउन तयार भएका छन् । नेपाली मेकरलाई आफ्नो बिषयवस्तुमा विश्वास नभएको हो या चाडपर्वको लोभ, यो उनीहरु नै जानुनन् । तर, यसले मेकरविचको लडाई त पक्कै हुनेछ साथमा कैयौं मेकरको करोडौ लगानी गुम्ने संभावना पनि प्रवल देखिन्छ ।
प्रतिक्रिया