बक्स अफिसमा रणवीरको ‘शम्शेरा’को खराब सुरुवात
कोरोना महामारीपछि बलिउड फिल्मको व्यापार सुखद छैन । केही फिल्मलाई छाड्ने हो भने अधिकांश फिल्मका निर्माताले हलबाट करोडौ घाटा भोगिरहेका छन् ।
यसैविच, शुक्रबारदेखि रिलिज भएको बलिउड नायक रणवीर कपुर र नायिका वाणी कपुर अभिनित फिल्म ‘शम्शेरा’ले बक्स अफिसमा तहल्का मच्चाउने अपेक्षा गरिएको थियो । तर, फिल्मी पण्डितहरुको अनुमान फेल खाएको छ ।
खराब समीक्षाको प्रत्यक्ष असर फिल्मको व्यापारमा परेको छ । यो फिल्मले पहिलो र दोश्रो दिन १० करोड हारहारीको व्यापार गरेको छ । यसैले, फिल्मले आज आइतबारसम्म ३२–३३ करोड भन्दा माथि नकमाउने देखिएको छ । यसले, महंगो बजेटमा यशराज ब्यानरले निर्माण गरेको फिल्मले घुडा टेक्ने देखिएको छ ।
फिल्म ‘सञ्जु’ रिलिज भएको ४ बर्षपछि रणवीरको फिल्म हलमा लागेको हो । तर, पनि उनको यो अवतारलाई दर्शकले मन पराएनन् । दर्शकले फिल्मलाई निक्कै कमजोर भनेका छन् । ‘सम्राट पृथ्वीराज’पछि यशराज ब्यानरको अर्को इतिहासको कथामा बनेको फिल्म सुपर फ्लप हुने पक्का भएको छ । फिल्ममा संजय दत्त पनि मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया