मेरो तुलाना कृती सेननसँग भयो भने खुशी हुन्छुः श्रृष्टी श्रेष्ठ
नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्लकको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ भदौको ३ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा श्रृष्टीले आर्थिक अभावका कारण अरुको कोख बोक्ने महिलाको भूमिकामा काम गरेकी छिन् ।
यस्तै, कथामा बलिउड नायिका कृती सेननले फिल्म ‘मिमी’मा काम गरेकी थिइन् । यसैले, कृती र श्रृष्टीको तुलाना भैरहेको छ ।
नायिका श्रृष्टी श्रेष्ठ भने आफ्नो तुलाना कृती सेननसँग भएको खण्डमा आफू खुशी हुने बताउँछिन् । उनले भनिन्–‘कृती मेरो मनपर्ने नायिका हुन् । मिमी रिलिज हुँदा म निक्कै खुशी भएकी थिएँ । हुनत, म कसैसँग पनि मेरो तुलाना होस् भन्ने चाहन्नँ । म आफ्नै काममा खुशी हुने मानिस हूँ । तर, कृतीसँग तुलाना भैहाल्यो भने म खुशी हुनेछु ।’
कतिपयले यो फिल्मको कथा ‘मिमी’सँग मिल्ने विश्लेषण पनि गरेका छन् । तर, फिल्मको निर्माण टिम विश्वमा यही बिषयमा थुप्रै कथा भनिएको भन्दै नेपालमा नेपाली समाज अनुसार नै कथा भनिएको दाबी गर्छ ।
प्रतिक्रिया