सस्पेन्स–थ्रीलर फिल्ममा काम गर्ने मलिकाको चाहना
नायिका मलिका महतले पहिलो फिल्म ‘यात्रा’मा काम गरिन् । यो फिल्ममा मलिकाले दुबै आँखा देख्न नसक्ने तर मिठो गीत गाउने एक कलाकारको भूमिका निर्वाहा गरिन् । फिल्ममा उनको र नायक सलिनमान बनियाँको प्रेम पनि देखाइएको थियो । तर, दोश्रो फिल्मसम्म आइपुग्दा मलिका बदलिएकी छिन् । मलिकाले काम गरेको दोश्रो फिल्म ‘पानी फोटो’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो फिल्ममा उनी एउटा गाउँकी यूवतीको भूमिकामा छिन् ।
पहिलो फिल्ममा काम गरेर दोश्रो फिल्म रिलिजको अगाडिसम्म मलिकाले आफूलाई लभर गलको रुपमा परिचित गराइसकेकी छिन् । उनले, काम गरेका म्यूजिक भिडियोले उनलाई फिल्ममा रोमान्टिक नायिकाको रुपमा दर्शकले हेर्न चाहेको देखिन्छ ।
तर, मलिकाको चाहना भने त्यस्तो छैन । मलिका आफूलाई सस्पेन्स थ्रीलर फिल्ममा काम गर्न मन लागेको बताउँछिन् । मलिकाले भनिन्–‘म यस्तो कथाका फिल्म धेरै हेर्छु । यसैले, मलाई सस्पेन्स थ्रीलर जनराका फिल्ममा काम गर्न मन छ ।’
आफूलाई फिल्मको अफर भने आइरहेको उनको भनाई छ । मलिकाकाले केन्द्र मोशन पिक्चर्सले बनाउने फिल्म र गोपिकृष्ण मुभिजले बनाउने भनिएको ‘पर्खी बसे’मा काम गर्ने पक्का भएको थियो । तर, नायक पल शाह एउटा मुद्दामा थुनामा रहेकाले यी फिल्मको काम अगाडि बढ्न सकेको छैन । मलिकाले पनि तेश्रो फिल्म साइन गरेकी छैनन् ।
प्रतिक्रिया