रणवीर–वाणीको ‘शमशेरा’ बर्षकै खराब फिल्म भएको समीक्षकको प्रतिक्रिया

४ बर्षपछि बलिउड नायक रणवीर सिंह ठूलो पर्दामा फर्किएका छन् । उनले अभिनय गरेको फिल्म ‘शम्शेरा’ आजबाट विश्व बजारमा रिलिज भएको छ । कोरोना महामारीपछि सबैभन्दा धेरै हलमा एकसाथ रिलिज भएको यो फिल्मले बक्स अफिसमा माहोल फर्काउने अपेक्षा गरिएको थियो । तर, यो फिल्मले समीक्षक र दर्शकबाट यो बर्षकै खराब समीक्षा पाएको छ ।

बलिउड समीक्षक तरण आदर्शले यो फिल्मलाई सहनै नसक्ने भन्दै प्रतिक्रिया दिएका छन् । उनले फिल्मलाई १.५ रेटिङ दिएका छन् । फिल्मले नायक आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’कै इतिहास दोहोर्याएको उनको भनाई छ ।

रणवीर कपुरले भने फिल्ममा उत्कृष्ट अभिनय गरेको समीक्षकले प्रतिक्रिया दिएका छन् । रणवीर कपुर र वाणी कपुरको मुख्य भूमिका रहेको फिल्मलाई यशराज ब्यानरले निर्माण गरेका हो । यशराजले निरन्तर खराब फिल्म बनाइरहेको देखिएको छ ।

यो बर्ष बलिउड फिल्मले अपेक्षित व्यापार नगरिरहेको समयमा यो फिल्मले राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो । तर, समीक्षक र दर्शकले खराब प्रतिक्रिया दिएसँगै यो फिल्म पनि बक्स अफिसमा नमज्जाले चिप्लने पक्का जस्तै छ ।