‘चङ्गाचेट २’ बन्ने, दीपेन्द्र–शर्मिला र अर्पणको फेरि सहकार्य
फिल्म ‘घर, चिसो मान्छे’पछि निर्देशक दीपेन्द्र के खनाल, निर्मात्री शर्मिला पाण्डे र कलाकार अर्पण थापाविच पुनः टिमअप हुने भएको छ । निर्मात्री शर्मिला पाण्डेले फिल्म ‘चङ्गाचेट २’ बनाउने पक्का गरेकी छिन् । आज मात्र चलचित्र बिकास बोर्डमा फिल्मको नाम दर्ता गरेपछि मेरो फिल्मसँग कुरा गर्दै उनले कमेडी कथामा फिल्म बनाउन लागेको उल्लेख गरेकी छिन् ।
चलचित्र विकास बोर्डबाट सफल निर्मात्रीको रुपमा सम्मानित समेत भैसकेकी शर्मिला निरन्तर फिल्म निर्माणमा सक्रिय छिन् । उनले बनाएको ‘चिसो मान्छे’ असारमा रिलिज भएको थियो भने, ‘परस्त्री’ फागुणमा रिलिज हुँदैछ । यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । फिल्ममा कलाकार अर्पण थापाको अभिनय रहने पक्का भएपनि अरु कलाकार पछि फाइनल गरिने उनको भनाई छ ।
यो फिल्मलाई महंगो बजेटमा निर्माण गर्ने उनको भनाई छ । शर्मिलाले करिब ३ करोडको हारहारीमा पूर्ण रुपमा कमर्सियल फिल्म बनाउने बताइन् । दीपेन्द्रकै निर्देशनमा बनेको फिल्म ‘चङ्गाचेट’ले दर्शकको राम्रो साथ पाएको थियो ।
प्रतिक्रिया