के ‘कबड्डी ४’ले ‘छक्का पन्जा ३’को रेकर्ड अझै ब्रेक गरेको छैन ?
हिजोआज बलिउड जस्तै नेपाली फिल्म क्षेत्र पनि बक्स अफिसको पछाडि दौडिएको छ । फिल्मको कथावस्तुलाई उत्कृष्ट बनाउने भन्दा पनि बक्स अफिसलाई निर्माताले महत्व दिदा स्तरिय फिल्मको अभाव हुन थालेको छ ।
यसैको पछिल्लो उदारहण हो, ‘कबड्डी ४’ । समीक्षकबाट खराब समीक्षा पाएपनि दर्शकले यो फिल्मलाई माया गरे । क्यूएफक्सले देशैभरका हलमा १ सय भन्दा बढी शो दियो । फिल्मले बम्पर सुरुवात गर्यो । जसको फाइदा उठाउँदा निर्माणपक्षले कलेक्शनलाई पनि जोडतोडका साथ उचाल्यो ।
‘कबड्डी ४’ले सबैभन्दा बढी क्यूएफएक्स चेनबाट ७ करोड कमाएको आँकडा निर्माताले मिडियालाई उपलब्ध गराए । एउटा कुरा स्पष्ट के हो भने, ‘कबड्डी ४’लाई विशाल आँकडा बनाउनका लागि क्यूएफएक्सकै सबैभन्दा ठुलो हात छ । किनकी, आजसम्म यो फिल्म क्यूएफएक्सकै हलमा चलेको छ भने सबैभन्दा बढी दर्शक पनि सोही चेनमा पुगेका थिए ।
निर्माताले ७ करोड ग्रस कमाएको भन्दै हिसाब सार्वजनिक गर्दा क्यूएफक्सका संचालक भाष्कर ढुंगानाले यसलाई गलत भनेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘यस्ता खालका सूचना मिडियालाई कसले दिन्छ । उनीहरुले श्रोत पनि खुलाएर समाचार लेखिदिए हुने । क्यूएफएक्समा अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने फिल्म ‘छक्का पन्जा ३’ हो । यसपछि, केजीएफ २ छ । ‘कबड्डी ४’ तेश्रो स्थानमा छ ।’
उनले अझै पनि ‘छक्का पन्जा ३’ ठूलो अन्तरले सर्वाधिक कमाई गर्ने फिल्मको रुपमा रहेको स्पष्ट पारेका छन् । यसबाट, कतै ‘कबड्डी ४’को निर्माणपक्षले ‘छक्का पन्जा ३’को रेकर्ड ब्रेक गर्नका लागि झुटो हिसाब सार्वजनिक गरेको त होइन भन्ने प्रश्न सोझाउन सकिन्छ ?
किनकी, सर्वाधिक धेरै शो पाएर रेकर्ड ब्रेक ओपनिङ गरेको क्यूएफएक्समा त ‘कबड्डी ४’, ‘छक्का पन्जा ३’ भन्दा पछि छ भने अरु हलमा यसको व्यापार सहजै अनुमान गर्न सकिन्छ ।
हुनत, नेपाली निर्माताहरु फेक कलेक्शन दिन माहिर छन् । हलमा दर्शक नै नआएर सुनसान देखिएको फिल्म ‘संझना विर्सना’को निर्माणपक्षले समेत एक सातमा २.१८ करोड कमाई गरेको आँकडा आजै सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया