‘संझना विर्सना’को फेक कलेक्शनले कलाकारलाई राहत, निर्मातालाई आहात

गत शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘संझना विर्सना’को व्यापार निक्कै कमजोर छ । शुक्रबार र शनिबार नै दर्शकको अपेक्षित साथ नपाएको यो फिल्म आइतबारदेखि त हलमा सुक्यो । दर्शक नपाएर फिल्मका निर्माताले नायिका पूजा शर्मालाई सम्पूर्ण दोष दिएर आफू मुक्त हुन त खोजे, तर यसले उनीहरुलाई राहात दिएन ।

तर, यो फिल्मको निर्माणपक्षले एक सातामा २.१८ करोडको व्यापार सार्वजनिक गरेको छ । फिल्मले एक सातामा २ करोड १८ लाख ग्रस कलेक्शन गरेको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ ।

तर, यति धेरै फेक कलेक्शन सार्वजनिक गरेर न त यसले निर्मातालाई कुनै फाइदा हुन्छ न प्रदर्शकको मन भरिन्छ । बरु, यस्ता फेक कलेक्शनले कलाकारलाई भने फाइदा हुन सक्छ ।

शुक्रबार र शनिबार औषत शो पाएको फिल्मको आइतबारबाट शोमा भारी कटौती भएको थियो । एक सातामा २ करोड भन्दा बढी कलेक्शन गर्न हलमा दर्शकको चाप कुन गतीमा हुनुपर्छ भन्ने पनि निर्माताले राम्रोसँग नवुझेको हुनुपर्छ ।

निमेष प्रधानको निर्देशनमा तयार भएको यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, छुल्ठिम गुरुङको मुख्य भूमिका छ । फिल्ममा अद्धित्य प्रधान र रेविका प्रधानको लगानी छ ।