सुरक्षाजी, तपाइको कार्यक्रममा अब अतिथी अगाडि नजादा हुन्छ ?
कुनै पनि कार्यक्रममा अतिथीको रुपमा बोलाइसकेपछि र आम मिडियाले नै खोजेपनि कलाकारले म अगाडि जादिनँ भन्नु शोभनिय देखिदैन । अझ, कुनै फिल्मको ट्रेलर वा प्रिमियरमा पुगेर कार्यक्रम संचालकले नै अगाडि आइदिन आग्रह गर्दा पछाडि नै बस्छु कमै मात्र फिल्मीकर्मीले भनेको पाइन्छ ।
तर, फिल्म ‘म’को ट्रेलर रिलिज कार्यक्रममा मेकरको निम्तो मान्न कार्यक्रम हल पुगेकी सुरक्षाले आफू उक्त फिल्मको सदस्य नभएको र आज फिल्मका सदस्यहरुको दिन हो भन्दै अगाडि जान मानिन् । उनलाई कार्यक्रम संचालकले उनी बसिरहेको ठाउँमा गएर बधाई दिए । मिडियाकर्मीले अगाडि स्टेज छाडेर उनी भएकोतिर खिच्न थाले । तर, पनि सुरक्षाले अगाडि जान उपयुक्त ठानिन् ।
धेरैले यसलाई सुरक्षाले घमन्डपन देखाएको भनेर वुझे । कुनै समय मिडियामा अन्तरवार्ता नै नदिउँ कि भन्दै स्टाटस लेख्ने त कुनै समय कार्यक्रममा पुगेर स्टेजमा उभिएर शुभकामना दिन नै नखोज्ने, आखिर सुरक्षाको व्यवहार किन यसरी परिवर्तन भएको होला ?
ठिक छ, आजको कार्यक्रम ‘म’का कलाकारहरुका लागि थियो । सुरक्षाले अगाडि जाँदा फिल्मका कलाकार ओझेलमा पर्लान् भन्ने सोचिन होला । तर, अब सुरक्षाको फिल्म वा म्यूजिक भिडियोको कार्यक्रम हुँदा अतिथीको रुपमा उपस्थित भएका अतिथीहरुले यो त सुरक्षाको कार्यक्रम हो, हामी अगाडि आउँदैनौं भने भने के हुन्छ ?
सुरक्षाले यदि अन्य कलाकारको फिल्मको कार्यक्रममा अगाडि स्टेजमा पुगेर शुभकामना दिन पनि धक मान्छिन् भने, सोही व्यवहार उनको फिल्म वा भिडियोको कार्यक्रममा अरु कलाकार वा फिल्मीकर्मीले देखाए भने के हुन्छ ?
आम दर्शक, मिडियाकर्मी र फिल्मीकर्मीले सुरक्षालाई अभिनय राम्रो गर्ने, गम्भिर तर्क गर्ने, कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिडेकी नायिका भनेर सम्मान र आदर गरिरहेका छन् । तर, सुरक्षाले त्यसलाई घमन्डको रुपमा वुझिन् भने उनको करिअरका लागि पनि यो सुखद नहोला ।
प्रतिक्रिया