किन फिल्ममा सविनको आवाज हुँदैन ?

तपाइले नायक सविन श्रेष्ठको फिल्म हेर्दै आउनुभएको छ भने, एउटा कुरा याद गर्नु भएको छ या छैन । सविनले अभिनय गरेका फिल्ममा उनको आवाज डबिङ गरिदैन ।

निर्माता छविराज ओझाका फिल्मदेखि पछिल्लो रिलिज हुन लागेको फिल्म ‘म’सम्म आइपुग्दा सविनको आफ्नै आवाज छैन । उनको आवाजमा अन्य कुनै कलाकारले डबिङ गरिरहेका छन् । आखिर, नेपालका यी चर्चित नायकको आवाज किन फिल्ममा राखिदैन ?

यो बिषयमा कुरा गर्दै नायक सविनले पहिलो पटक स्पष्ट कुरा गरेका छन् । उनले, आफ्नो ज्यान ठूलो भएपनि आवाज पातलो भएको तर्क गरे । सविनले भने–‘पहिलो कुरा त मलाई बोल्न लाज लाग्छ । अनी, अर्को कुरा मेरो आवाज पातलो छ । यसैले, क्यारेक्टर अनुसार मेरो आवाज नसुहाउने भएकाले नै अरुले डबिङ्ग गर्नुभएको हो ।’

सविनले आजसम्म यो बिषयमा स्पष्ट कुरा गरेका थिएनन् । तर, पहिलो पटक फिल्म ‘म’को पत्रकार सम्मेलनमा सविनले फिल्ममा आफ्नो आवाज नहुनुको कारण खुलाएका हुन् । नेपाली फिल्म क्षेत्रमा छविराज ओझाको फिल्मबाट डेब्यू गरेपनि सविनको करिअर सुखद रुपमा अगाडि बढ्न सकेको छैन । बरु, सविन युट्युबमा भ्लग बनाएर चर्चामा छन् ।