सुस्मिताको आलोचकलाई जवाफ–‘म सुन भन्दा बहुमुल्य कुरा खोज्छु’
बलिउड नायिका सुस्मिता सेन विगत केही दिनदेखि सामाजिक संजाल र मिडियाको केन्द्रमा छिन् । आइपिएलका संस्थापक ललित मोदीले सामाजिक संजालमा सुस्मितासँग प्रेममा रहेको खबर सार्वजनिक गरेसँगै मिडियामा यो कुरा भाइरल भैरहेको छ । सामाजिक संजालमा सुस्मितालाई लिएर ट्रोल भैरहेको छ ।
सुस्मिता र मोदीको उमेर अन्तर, मोदीको रुपको बिषयमा बढी टिप्पणी गरिएको छ । सुस्मिताले मोदीसँग प्रेम गरेकोमा धेरैले उनलाई पैसाको पछि लागेको भन्दै आलोचना गरेका छन् । धेरैले सुस्मितालाई ‘लोभी र धुताहा’ भनेर आलोचना गरेका छन् । उनीहरुले मोदीसँग धेरै सम्पत्ती भएकाले त्यसकै लोभमा परेर सुस्मिताले प्रेम गरेको टिप्पणी गरेका छन् । कतिपयले आकर्षण नै नभएका व्यक्तिसँग सुस्मिताले समय बिताएको भन्दै आलोचना पनि गरेका छन् ।
तर, सामाजिक संजालबाट आलोचकलाई जवाफ दिदै सेनले लेखेकी छिन्–‘हामी वरपरको संसार कति दयालाग्दो र दुःखी बन्दै गैरहेको छ, त्यो हृदयविदारक छ । मैले कहिल्यै नभेटेका र नचिनेका साथीहरुले सबैले आफ्ना मेरो जीवनको गहिरो ज्ञान र चरित्रबारे महान् विचारहरु साझा गरिरहेका छन् । त्यसलाई कमाउने धन्दा बनाउँदै मलाई गोल्ड डिगर भन्दै । आहा यी प्रतिभाशालीहरु ।’
उनले पैसाका लागि मोदीसँग सम्बन्ध बनाएको भन्नेहरुलाई पनि जवाफ दिएकी छिन् । सेनले लेखेकी छिन्–‘म सुनभन्दा पनि बहुमुल्य कुरा खोज्छु । र म सधै हीरा नै खोज्छु र हो अहिले पनि म आफै त्यो किन्छु ।’
सेनले आफ्ना प्रशंसकहरुलाई मिठो भाषामा धन्यवाद दिएकी छिन् भने आलोचकलाई पनि शुभकामना दिएकी छिन् ।
प्रतिक्रिया