आफ्नै फिल्म एक साताको अन्तरमा रिलिज हुँदा के भन्छन् सौगात ?

नायक सौगात मल्ल पहिलो पटक निर्माता बनेका छन् । उनले निर्माण तथा अभिनय गरेको फिल्म ‘राधा’ भदौको १० गतेबाट रिलिज हुँदैछ । यो फिल्मका लागि उनले आफ्ना पुरा समय दिइरहेका छन् ।

तर, यो फिल्मको एक साता अगाडि भदौको ३ गतेबाट सौगात र श्रृष्टी श्रेष्ठको अभिनय रहेको फिल्म ‘माइकल अधिकारी’ रिलिज हुँदैछ । यसअर्थमा, सौगातलाई एकैसाथ २ वटा फिल्मको प्रमोशन गर्नुपर्नेछ ।

एउटा कलाकार भएपछि हरेक फिल्म उसका लागि प्यारो हुन्छ । तर, सौगातको हकमा यसपटक निर्माता पनि भएकाले ‘राधा’ बढी प्यारो हुने निश्चित छ । उसो भए, २ फिल्म एक साताको अन्तरमा त्यो पनि एउटै कलाकार हुँदा दर्शक झुक्किदैनन् त ?

यो बिषयमा सौगातसँग स्पष्ट जवाफ छैन । तर, उनले ‘माइकल अधिकारी’ पनि पहिले रोकिएको फिल्म भएकाले धेरै पछि जान नचाहेको बताए । साथमा, हिन्दी र अंग्रेजी फिल्मलाई समेत छलेर फिल्म रिलिज गर्नुपर्ने वाध्यता आफूहरुसँग भएको सौगातको भनाई थियो ।

यसैले, राम्रो मिति खोज्दा खोज्दै फिल्म एक हप्ताको अन्तरमा रिलिज हुन पुगेको सौगातले बताए । दुबै फिल्ममा सौगात र श्रृष्टी भएकाले पनि दर्शक झुक्किने संभावना प्रबल छ ।