‘पुष्पा द रुल’ पछि ‘पुष्पा ३’ आउने सङ्केत !
‘पुष्पाः द राइज’को सफलतादेखि नै दर्शक दोस्रो भागको प्रतिक्षामा छन् ।
अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पाः द राइज’ बक्स अफिसमा ब्लकबस्टर रह्यो । रक्त चन्दन तस्करीको कथामा बनेको फिल्म गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । फिल्मले धेरै कीर्तिमान पनि बनाएको थियो र दर्शकले यसलाई यति रुचाएका थिए कि उनीहरु दोस्रो पार्टको प्रतिक्षामा छन् । तेलगुमा बनेको फिल्मको हिन्दी डबले मात्र सय करोडमाथि व्यापार गरेको थियो ।
सुकुमार निर्देशित यो प्यान इन्डिया फिल्मको दोस्रो भागको छायांकन भैरहेको छ । योसँगै अब फिल्मको तेस्रो भागलाई लिएर ठूलो सङ्केत पनि प्राप्त भएको छ । योसँगै अब फिल्मको तेस्रो भागको पनि जानकारी आएको छ ।
हालै एक अन्तर्वार्तामा फहद फासिलले फिल्मको बारेमा कुरा गरेका थिए । यस क्रममा उनले निर्माण पक्षले फिल्मलाई एक पार्टमा मात्रै पूरा गर्ने योजना बनाएको बताए । तर, पछि निर्माताहरूले यसलाई दुई भागमा विभाजन गर्ने निर्णय गरेका छन्।
अर्को कुनै फिल्मको प्रचारमा रहेका फहादले सुरुमा यो फिल्म एक भागमा मात्र बन्ने तयारीमा रहेको तर कथा सुन्दै जाँदा दोस्रो भागका लागि कथा निस्किएको देखेपछि दुई भागमा बन्न लागेको कथा सुनाएका थिए । तर पछिल्लो भेटमा भने निर्देशकले तेस्रो भागका लागि पनि तयार रहन भनेकाले तेस्रो भाग पनि बन्ने बताएका थिए । योसँगै अभिनेताले फिल्मको तेस्रो भाग पनि आउन सक्ने संकेत गर्दै त्यसको तयारीमा जुट्न समेत आग्रह गरेका छन् ।
पुष्पाः द राइज मा फहाद फासिललाई अन्तिममा प्रस्तुत गरिएको थियो । फिल्ममा उनी नकारात्मक भूमिकामा छन् । फहादले प्रहरीअधिकृतको भूमिका निर्वाह गरेका छन् । जो अब दोस्रो भागमा कथाको मुख्य भाग हुनेछन्। थप कुरा गर्दै फासिलले भने, ‘निर्देशक सुकुमारसँगको पछिल्लो कुराकानीमा उनलाई तेस्रो भागको तयारी गर्न भनिएको र कथालाई अगाडि बढाउन निर्देशकसँग पर्याप्त सामग्री छ ।
पुष्पाः द राइज’को सफलतापछि निर्देशक सुकुमारले ‘पुष्पा २’ को स्क्रिप्टमा पुनर्विचार गर्न पर्याप्त समय लिएका छन् । ‘पुष्पा २’ मा अर्का खलनायक हुने बताइएको छ र निर्माताहरूले उक्त भूमिका निर्वाह गर्न विजय सेतुपतिलाई सम्पर्क गरेका छन् । फहाद फासिलको भनाइलाई हेर्दा ‘पुष्पाः द रुल’ नायक र खलनायकको कथाभन्दा पनि उनको र अल्लु अर्जुनको भूमिकाबीचको इगो टकराव जस्तै हुने देखिन्छ ।
यो फिल्मको दोस्रो भागको केही दिनपछि नै सुटिङ सुरु हुँदैछ । फिल्मका लागि अल्लु अर्जुनले मात्र ८५ करोड पारिश्रमिक लिएको समाचार आएका थिए । फिल्मको दोस्रो भाग २०२३ को रिलीज हुनेछ।
प्रतिक्रिया