‘नेपहपको श्रीपेच’ का विजेता साइमन बिष्टलाई नयाँ मुकुट

नेपालकै पहिलो हिपहप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई श्रीपेच नयाँ मुकुट प्रदान गरिएको छ ।

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरूले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो । विजेता भाइबर साइमन र काठमाडौं महानगरका मेयर बालेन शाहले बौद्ध कला संस्कृति झल्किने मुकुट बज्राचार्य समुदायको संस्कृतिसंग समेत जोडिएको बताइएपछि ‘नेपहपको श्रीपेच’ मुकुट फिर्ता गरिएको थियो । बज्राचार्यहरूको पूजामा अभिषेक पाएपछि गुरूले शिष्यलाई यस्तो मुकुट दिने चलन छ ।

मंगलबार काठमाडौँ महानगरपालिकाका मेयर तथा शोका जज समेत रहेका बालेन्द्र शाहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको पञ्चधातुबाट निर्मित नयाँ  मुकुट प्रदान गरेका हुन् । ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको फर्स्ट र्याप रियालिटी शो जित्न पाउँदा खुसी लागेको बताए । यसअघि लगाएको श्रीपेच केही विवादका कारण नयाँ प्रदान गरिएको र मुकुट पाएकोमा खुसी लागेको बताएका हुन् ।

अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरूले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ । शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह थिए । सो चलिरहँदा नै शाह काठमाडौं महानगरका मेयर निर्वाचित भएका थिए ।