‘मंगलम’पछि ‘कृष्णलीला’मा देखिएला पुष्पको अभिनय क्षमता ?

भदौको ३ गतेबाट नायक पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्म ‘कृष्णलीला’ रिलिज हुँदैछ । दीपक वलीको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै पुष्पको अभिनको पनि चर्चा भैरहेको छ । फिल्ममा पुष्पले बच्चाको जस्तो व्यवहार देखाएको हेर्न पाइन्छ । उमेरले ठूलो भएपनि व्यवहार बच्चाको जस्तो देखिने भूमिकामा पुष्प देखिदैछन् ।

नेपाली फिल्म क्षेत्रमा पुष्पको अभिनयको चर्चा खुबै हुन्छ । पुष्पले अभिनय गरेको फिल्म ‘मङ्गलम’ले उनलाई आम दर्शकमाझ अभिनय गर्न सक्ने कलाकारको रुपमा चिनाएको थियो । यसपछि, उनले केही फिल्ममा काम गरेका छन् । पुष्पले फिल्म ‘मङ्गलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका थिए ।

तर, पुष्पलाई फिल्म ‘कृष्णलीला’ले फेरि नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । नायक पुष्प पनि यो फिल्मबाट आफ्नो करिअर अर्को उचाईमा पुग्ने कुरामा विश्वस्त छन् । फिल्ममा पुष्पले श्रद्धा क्षेत्रीसँग प्रेम गरेका छन् । श्रद्धासँग पुष्पको वास्तविक जीवनमा नै प्रेम छ भन्ने गसिप बजारमा चलिरहेको छ । पुष्प र श्रद्धा भने यो कुरा स्विकार गर्दैनन् ।