एफडी कम्पनीमा छविराजको नेतृत्व

निर्माता छविराज ओझाले वितरण कम्पनी एफडीको नेतृत्व सम्हालेका छन् । उनले, आजबाट एफडी कम्पनीको जिम्मा सम्हालेका हुन् । यसअघि एफडी कम्पनीको अध्यक्षमा सुशिल पोखरेल थिए । सुशिलले सामाजिक संजालबाट छविलाई शुभकामना दिएका छन् । एफडी कम्पनी नेपाली फिल्मको वितरण गर्ने कम्पनी हो । जसले, काठमाडौं बाहिर मात्र फिल्म वितरणको जिम्मा लिदै आएको छ ।

नेपालका अधिकांश ठूला बजेटका फिल्मलाई एफडीले नै मोफसलमा वितरण गर्दै आएको छ । एफडी कम्पनीमा नरेन्द्र महर्जन, दीपकराज गिरी, छविराज ओझा, सुशिल पोखरेल लगायतको लगानी छ । निर्माता छविराज ओझाले ‘मंगलम’ पछि नयाँ फिल्मको निर्माण गरेका छैनन् । श्रोतका अनुसार, उनले चाडै नै निर्देशक ज्ञानेन्द्र देउजासँग मिलेर नयाँ फिल्म निर्माणको घोषणा गर्दैछन् ।

निर्माताको समस्या वुझेका छविले वितरण कम्पनीको नेतृत्व सम्हालेपछि निर्मातालाई अझै सहज हुने अपेक्षा गर्न सकिन्छ ।