तीज गीतमा व्यस्त अञ्जली तस्बिरमा (फोटो फिचर)

अञ्जली अधिकारी लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन् । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

पछिल्लो पुस्ताकी निकै चर्चित उनी लोकसंगीतमा मोडलका रुपमा धेरै चर्चित छिन्। केही वर्षमा तीज गीत भनेपछि गलवन्दी गर्ल अन्जली पर्याय बनेकी छन् । सोचे झैं जिन्दगी रैनछ मा निकै राम्रो नृत्य गरेसंगै अञ्जलीको हाइट अझ थप बढ्यो ।

प्रकाश सपुतको ’बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाएकी हुन् । गायक प्रकाश सपुतले नै अञ्जलीलाई कलाकारीतामा ल्याएको भनिन्छ । तर उनले बद्रि पंगेनीको गीतबाट कलाकारीता सुरुवात गरेको भएपनि प्रकाश सपुतको बोल माया गीतबाट उनले आफ्नो उचाई बढाएकी हुन् । पछि प्रसाद’ फिल्मको ’वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढेको हो ।

बद्री पंगेनी र मिरा गिरीको स्वरमा रहेको ‘खर बारीमा’ बोलको गीतमा अञ्जली पहिलो पटक देखिएकी हुन् । त्यो समय बद्री पंगेनीको गीतबाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलताको सिडी थियो । पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’मा अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थालेका हुन् ।

अञ्जली गायक सपुतका गीतमा धेरै देखिने मोडल हुन् । अञ्जलीले काम गरेको भिडियोमध्ये आधामा प्रकाश सपुतका पनि थिए । बोल माया बोलको गीतले पाएको सफलतासँगै अञ्जलीको करियरले पनि ठूलो फड्का मा¥यो । दर्शकस्रोत माझ सामान्य चिनिएकी उनी गीतसँगै सुपर हिट भइन् । उनलाई एकै दिनमा पाँचवटासम्म गीतको अफर आँउथियो । मेला–महोत्सव तथा विदेशमा हुने शोहरुमा समेत उपस्थिति बाक्लिएको थियो ।

अन्जली विशेषगरि, लोकगीतमा बढी जमेकी छिन् । लोकगीतको मोडलिङमा उनको चर्चा राम्रै छ । अभिनयमा उनको पृथकता देखिन्छ ।

तस्बिर: अञ्जली अधिकारीको फेसबुकबाट