पारिश्रमिक सुनिश्चिता र निर्देशकसँग ट्यूनिङ मिलेनः विपिन कार्की
नायक विपिन कार्कीको मुख्य भूमिका रहने फिल्म ‘प्रसाद २’को छायांकन नै सुरु हुन सकेन । २ सातासम्म वर्कशपमा बसेर पनि यो फिल्मको टिमले काम अगाडि बढाउन सकेन र ल्वाङबाट फर्कियो । फिल्मको छायांकन सुरु हुन नसक्नुको कारण नायक विपिन कार्कीले स्टोरी बोर्ड मागेको र पारिश्रमिकको बिषय रहेको खबरहरु सार्वजजिनक भैरहेका छन् ।
यसैविच, नायक कार्कीले भने फिल्मको काम अगाडि बढ्न नसक्नुमा पारिश्रमिकको सुनिश्चितता नभएको र निर्देशक सुदर्शन थापासँग ट्यूनिङ मिल्न नसकेको बताएका छन् । उनले भने–‘हामी १७ दिन ल्वाङमा बस्दा निर्देशकसँग स्क्रिप्टको बिषयमा एक दिन मात्र छलफल भयो । फिल्मको सुटिङ सुरु हुनु अगाडि प्रोडक्शन हाउस र निर्माता नै परिवर्तन भएको जानकारी गराइएको थियो । हामीलाई फिल्मको छायांकन सुरु हुनु अगाडि नै पूर्ण पारिश्रमिक दिने बताइएको थियो । तर, पारिश्रमिक दिने कुरा त कता हो कता, निर्माता र प्रोडक्शन हाउस नै परिवर्तन भयो ।’
विपिनले आफूले निर्देशक थापासँग सट ब्रेक मागेको बताएका छन् । तर, निर्देशकले आफ्नो करिअरमा कुनै पनि कलाकारले नमागेको बताएको विपिनले जानकारी दिए । फिल्मलाई फाइदा हुने कुरा गर्दा निर्देशकको जवाफ आफूलाई पाच्य नभएको पनि विपिनको भनाई छ ।
विपिनले फिल्मको काम सेड्यूलमा नहुँदा अन्य निर्माता र फिल्मका लागि दिएको समय समेत विग्रिने बताएका छन् । उनले, ‘प्रसाद २’को काम अब कहिले अगाडि बढ्छ भन्ने आफूलाई थाहा नभएको र पारिश्रमिकदेखि हरेक कुराका सुनिश्चितता नभएसम्म काम नगर्ने पनि बताएका छन् । साथै, उनले निर्देशक थापासँग आफ्नो ट्यूनिङ नमिलेको घुमाउरो जवाफ समेत दिएका छन् ।
प्रतिक्रिया