समुन्द्रको ‘गुलाबी’का लागि १५ केजी तौल घटाउँदै नाजिर
निर्देशक समुन्द्र भट्टको निर्देशनमा नयाँ फिल्मको घोषणा भएको छ । उनले फिल्म ‘गुलाबी’को निर्देशन गर्ने पक्का भएको छ । दि स्काई ओमन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको निर्माणपक्षले बताएको छ । यसैविच, फिल्ममा नायक नाजिर हुसेनलाई अनुवन्धित गरिएको छ । नाजिर बाहेक अन्य कलाकारको टुंगो लाग्न बाँकी रहेको र अन्य कलाकारको अडिसनबाट टुंगो लाग्ने वुझिएको छ ।
यो फिल्मका लागि नाजिरले १५ केजी तौल घटाउनुपर्नेछ । यो फिल्ममा नाजिरलाई ५० केजी पात्रको भूमिकामा देखाउन लागिएको छ । आलोक शुक्लाको छायांकन रहने फिल्मलाई भदौको अन्तिमबाट फ्लोरमा लैजाने योजना निर्माणपक्षको छ । समुन्द्रले यसअघि ‘आधा पेज’ नामक फिल्मको निर्देशन गरेकी थिइन् ।
उनले, नायिका नीता ढुंगानाको ब्यानरमा ‘माया’ नामक फिल्म बनाउने तयारी गरेपनि त्यो पुरा हुन सकेन । यो फिल्मले पारलैङ्गिक कथालाई उठाउनेछ ।
प्रतिक्रिया