गम्भिर कथाको ‘प्रकाश’को प्रचारका लागि कमेडीको साहारा
भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’ प्रतिक्षामा छ । दिनेश राउत निर्देशित यो फिल्मले गम्भिर कथालाई उठान गरेको छ । विशेषगरि, सरकारी स्कुलको शिक्षक बन्नका लागि एक व्यक्तिले गरेको संघर्षको कथामा यो फिल्म बनेकोछ । तर, यो गम्भिर कथामा बनेको फिल्मको टिमले भने देशका विभिन्न ६ स्थानमा ‘कमेडी टूर’ गर्ने भएको छ ।
युवा पुस्ताका चर्चित कमेडियनहरुको साथमा हुने प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट सुरु भएर भदौ ५ गते काठमाडौंमा सम्पन्न हुनेछ । निर्माणपक्षले दिएको जानकारी अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ बिराटनगर, श्रावण २७ र २८ हेटौडा र भदौ ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।
भाद्र १० गते प्रदर्शनमा आउने फिल्मको प्रचार कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरिएको छ । ‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा फिल्मका नायक प्रदिप खड्का सहित अन्य कलाकार र केमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेनजंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् भने काठमाडौंमा अन्य कलाकारहरु पनि सहभागी हुने जनाइएको छ ।
यो फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
प्रतिक्रिया