यम बुद्धको सालिक बनाउने बालेनको निर्णयमा बिष्णु पौडेलको समर्थन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले र्यापर गायक यम बुद्धको संझनामा उनको सालिक बनाउने निर्णय गरे । महानगरपालिकाकाले १५ लाखको बजेट बिनियोजन गरेर सालिक बनाउने निर्णय उनले गरेपछि चर्को आलोचना भयो । यसपछि, उनले आफ्नै तलबबाट सालिक बनाउने निर्णय गरे । यसको झनै आलोचना भैरहेको छ ।

बालेन्द्रको निर्णयमा चर्को आलोचना भैरहँदा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका बिष्णु प्रसाद पौडेलले भने उनको समर्थन गरेका छन् । सामाजिक संजालमा उनले लेखेका छन्–‘संघीय लोकतान्त्रिक गणन्तत्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्ध –अनिल अधिकारींको प्रतिमा निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

बालेन्द्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको केही दिनमै महासचिव पौडेलको यस्तो भनाई सार्वजनिक भएको हो ।