आकाशले रोजे पूजाको विकल्पमा करुणा

नेपाली फिल्म वृत्तमा नायक आकाश श्रेष्ठ र मोडल तथा नायिका करुणा श्रेष्ठको प्रेम चर्चा छ । हुनत, आकाश प्रेममा रहेपनि त्यसलाई लुकाउन माहिर छन् । सार्वजनिक रुपमा उनले कहिले पनि प्रेम स्विकार गर्दैनन् । यसैले, पनि उनले करुणासँगको प्रेम स्विकार गरेका छैनन् ।

उनै, आकाश फिल्म ‘संझना विर्सना’को प्रचारमा दौडिरहेका छन् । रंग पत्रकार प्रकाश सुवेदीको शोमा पुगेर कुराकानी गरेका आकाशले चर्चाकी प्रेमिका करुणा श्रेष्ठलाई नायिका पूजा शर्माको विकल्पमा रोजेका छन् । करुणा कि पूजा भन्ने प्रश्नमा केही समय घोत्लिएका आकाशले करुणालाई रोजे ।

नेपाली फिल्म क्षेत्रमा आकाश पूजाले नै बनाएको फिल्म ‘रामकहानी’बाट भित्रिएका हुन् । यो फिल्ममा काम गर्नु अगाडि उनको करिअर सफल हुन सकिरहेको थिएन  । यो फिल्ममा काम गरेपछि उनको करिअर बल्यो ।पूजाकै कारण आफू यो स्थानमा रहेको आकाशले बारम्बार स्विकार पनि गर्दै आएका छन् । करुणासँग भने उनले केही म्यूजिक भिडियोमा मात्र काम गरेका छन् ।

तर, कुनै पनि २ व्यक्तिमा एक व्यक्ति रोज्ने अधिकार त आकाशमा निहित छ । उनले, करुणालाई रोजेपछि दुइको प्रेमको चर्चामा अझै बल मिलेको भने छ ।