बालेनलाई फिल्मकर्मीको माग: मनोरञ्जन करमा छुट दिनुस्
स्थानीय निकायमा फिल्म छेत्रका समस्याकाबारे काठमाडौं महानगरपलिकाका मेयर बालेन शाहसँग कलाकारको टोलिले छलफल गरेको छ ।
आज मेयर कलाकारबीच भएको छलफलमा विभिन्न पाँच माग समेत कलाकारहरुले राखेका छन् । चलचित्र संघका महासचिव तथा निर्देशक आशोक शर्माको नेतुत्वमा गएको कालाकार टोलिले मनोरञ्जन करमा छुट दिन आग्रह गरेका हुन् ।
मेयरसंगको भेटघाट टोलीमा संगीतकार शम्भुजित बास्कोटा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, दिपाश्री निरौला, खगेन्द्र लामिछाने र कलाकार निर्मल शर्मालगाएत मेयर शहालाई भेटन पुगेका थिए ।
मेयरसँगको भेटमा स्थानीय मनोरञ्जन कर दिन बोडमा कम्पनी दर्ता गर्न ब्यबस्थित डिजिटल बोर्डमा फिल्मको विज्ञापन राख्न नगर छेत्र भित्रका विभिन्न स्थानमा सहज र सहुलियत पूर्ण छायांकन गर्न दिन र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने लगाएत विषयहरुमा बालेनसँग कलाकारहरुले माग राखेका हुन् । बालेन मेयरमा निर्वाचित भए लगत्तै दुई प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए ।
मेयरसँगको भेटबारे जानकारी दिदै अशोक अशोक शर्माले सामजिक सञ्जालमा लेखेका छन् ।
स्थानीय निकायमा चलचित्र छेत्रको समस्या बारे मेयर श्री बालेन शाह सङ छलफल
१.स्थानीय मनोरञ्जन कर
२.बोडमा कम्पनी दर्ता
३.ब्यबस्थित डिजिटल बोर्डमा फिल्मको विज्ञापन
४. नगर छेत्र भित्रका विभिन्न स्थानमा सहज र सहुलियत पूर्ण छायांकन
५.फिल्मकर्मी क्ल्यान कोष आदि
प्रतिक्रिया