रेखाले किन लेखिन्–‘नायक हल्लाले पाउने उपाधि होइन’

नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका रेखा थापाले नायक हल्लाले पाउने उपाधि नभएको बताएकी छिन् । रेखाले सामाजिक संजाजमार्फत नायकको परिभाषा दिदै हल्लाले मात्र नपाइने बताएकी हुन् । नेपाली फिल्म क्षेत्रमा महानायकको विवाद चलिरहेको समयमा रेखाको यो भनाई सार्वजनिक भएको छ । उनले, नायक बन्नका लागि सहज नभएको समेत उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘अनवरत रुपमा मान्छेका मस्तिष्क भित्र छोड्ने असम्भव सफलताको छाप नायक हो, चाहे त्यो राजनीति होस्, चाहे फिल्म, चाहे खेल ।’

रेखाले नायकको उपाधि दिनका लागि हतार गर्न नहुनेतर्फ संकेत गरेकी छिन् ।