‘लण्डन टु पेरिस’को छायांकन सुरु
फिल्म ‘लण्डन टु पेरिस’ को शुभमुहुर्त लन्डनमा गरि छायांकन शुरु भएको छ। शुक्रवार लण्डनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।
एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने लागेको फिल्मको निर्माता अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापा, अन्कित गौतम, निर्देशक घनश्याम लामिछाने लगायत कलाकार एबम प्राबिधिकहरुले भगवान गणेशको फोटोमा पुजा गरेका थिए। पुजा लगत्तै नायक निश्चल खड्काको घरको दृश्यलाई क्यामरामा कैद गर्दै पहिलो दिनको छायांकन शुरु भएको हो।
२०७५ सालमा रास्ट्रीय अवार्ड प्राप्त निर्देशक घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यस फिल्ममा निश्चलले साम्राज्ञी राज्यलक्ष्मी शाहका साथमा गरिमा शर्मा संग अनस्कृन रोमान्स गर्ने भएका छन्।
‘लन्डन टु पेरिस’ रोम कम ड्रामा को यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुदैछ। लामिछानेको निर्देशनमा छायांकन भैरहेको फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कबिर खड्का, लोक बिक्रम मल्लका साथै लन्डन कै नेपाली कलाकारहरुले अभिनय गर्दैछन् । निर्देशक लामिछानेले सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’ र ‘धौली’ फिल्मको पनि निर्देशन गरेका छन् ।
फिल्ममा हर्कुलस बस्नेत, यस डि योगि, बियोन्ड बि, सलिन बानियाँले संगीत दिएका छन भने लङिनस फर्नडेसले कोरियोग्राफी गर्दैछन। मुुख्य सहायक निर्देशनमा फिरोज गौतम छन्, भने सुनिल गौतमको हेयर एन्ड मेक अप, आबेद पारवको छायांकनमा डबल क्यामराको प्रयोग गरेर फिल्म निर्माण भैरहेको कुरा निर्माता अजित कुमार थापाले जानकारी दिए ।
फिल्मको छायांकनअघि कलाकारलाई एक महिना रंगकर्मी सरिता गिरीले वर्कसप गराएकी थिइन् । ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायांकन बेलायत र फ्रान्समा हुनेछ ।
अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । त्यस्तै, यसै महिना यही कम्पनीले निर्माण गरेको फिल्म ‘हनी बनी’को छायांकन सकाएको थियो ।
प्रतिक्रिया