उस्तै ड्रेसमा झरना र सुहाना
नायिका तथा निर्देशक झरना थापा र नायिका सुहाना थापा केही समय अमेरिका बसेर नेपाल फर्किसकेका छन् । उनीहरु चाडै नै फिल्म ‘भागवत गीता’को छायांकन समेत सुरु गर्दैछन् । यो फिल्ममा नायक धिरज मगर फाइनल भैसकेका छन् । तर, यसको निर्माणपक्षले आधिकारिक घोषणा भने गरेको छैन ।
उनै, झरना र सुहाना एक आफन्तको बैबाहिक समारोहमा देखिएका छन् । जहाँ, आमा र छोरीले एउटै डिजाइनको पहिरन लगाएका छन् । अधिकांश प्रतिक्रिया हेर्ने हो भने, आमा र छोरी उस्तै देखिएको भन्ने खालको देखिन्छ ।
झरनाको निर्देशनमा तेश्रो फिल्म गर्ने तयारीमा रहेकी सुहानाले यसको टिजरको छायांकन गरिसकेकी छिन् ।
प्रतिक्रिया