रोमानिया उडे अभिनेत्री आँचल र कलाकार टोली
फिल्म ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा शनिबारदेखि हुने भएको छ ।
प्रेम र विवाहको कथावस्तुमा निर्माण हुन लागेको फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तको कलाकार टोली टर्किस एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको हो ।
रोमानियाको राजधानी बुकारेस्टमा फिल्मको छायांकन हुने जनाइएको छ । छायांकन समय १५ दिनको रहने भएको छ । रोमानिया पुगेका नेपालीको कथावस्तु समेटेर त्यहाँ छायांकन गर्न लागिएको हो । त्यसपछिको बाँकी छायांकन गर्ने सेड्युल रहेको छ ।
मल्टिस्टारर फिल्ममा आँचल र विवेकले जोडी बाँध्दैछन् । यसै फिल्मबाट डेब्यु गर्न लागेका कमेडी च्याम्पियन पन्तले यसमा गैरआवासीय नेपालीको भूमिकामा अभिनय गर्न लागेका बुझिएको छ ।
रोमानिया प्रस्थान गरेको टोलीमा नृत्य निर्देशक कविराज गहतराज, सह अभिनेत्री सृष्टि खड्का, प्रोडक्सन डिजाइनर क्षितिज सुवेदी समेत छन् । निर्देशक मिलन चाम्स, अभिनेता विवेक कर्माचार्य र छायांकार सुदीप बराल गत साता नै त्यसतर्फ लागिसकेका छन् ।
फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त,किरण केसी, बुद्धि तामाङ, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । नेपाली र हिन्दी भाषामा निर्माण हुने चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको कार्यकारी निर्माता डा अमित रिजाल रहका छन् । फिल्ममा अर्जुन पोखरेल र युग भुसालको संगीत,सुदिप बरालको डिओपी, अर्जुन जिसीको सम्पादन र रविन्द्र सुवेदीको छायांकन रहनेछ ।
प्रतिक्रिया