यस्तो देखियो नीताको मेहेन्दी सेरेमोनी (फोटो फिचर)

अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी यही असार २४ गते बिहे गर्दैछन्। बिहेअघि उनले मेहेन्दी समारोह आयोजना गरेकी छन्।

उनले आफ्नो फेसबुकमार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अन्ततः मेहेन्दी लगाइयो।’ सेतो पहिरनमा सजिएकी नीता आकर्षक देखिएकी छन्।

४ वर्षदेखि प्रेममा रहेका उनीहरुले २४ गते दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ ।

नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगन्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै नाच्न पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो ।

बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरुले विवाहको लगन जुराएका थिए । बाल कलाकार हुँदै अभिनेत्री बनेकी नीता ढुंगानाले दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् भने हरिहरले ‘शुभलभ’बाट अभिनयमा डेब्यू गरेका थिए ।

 

तस्बिर: नीता ढुंगाना र अभिनेत्री रेखा थापाको फेसबुकबाट