शरीर मेन्टेन गर्दा ग्यास्ट्रिकले आँचललाई आच्छु आच्छु पार्यो
नायिका आँचल शर्माको पहिरनको स्टाइल, शरीरको मेन्टेन र लाइभ स्टाइल नै बैबाहिक जीवनमा बाँधिएपछि फेरिएको छ । आँचलले पछिल्लो केही समयदेखि खाना खाएकी छैनन् । सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी फलफूल नै बोकेर हिड्छिन् ।
आँचलले फिल्म ‘बर एण्ड बधु’का लागि प्याक्स नै देखाउने तयारी गरेकी छिन् । जसकाकारण, उनले खानामा निक्कै ध्यान दिएकी छिन् ।
तर, यसले आँचललाई कतै न कतै घाटा पनि भैरहेको छ । खाने कुरामा अत्याधिक कन्ट्रोल गर्दा आँचललाई ग्यास्ट्रिकले आच्छु आच्छु नै बनायो । उनले भनिन्–‘हो, म अस्पताल नै भर्ना भएको होइन । तर, ग्यास्ट्रिक बढेर निक्कै गाह्रो भयो । डाक्टरकोमा पुग्नु पर्ने अवस्था आयो ।’
आँचलले फिल्मको छायांकनका क्रममा खानेकुरामा ध्यान दिन नपाउँदा यस्तो अवस्था आएको समेत तर्क गरिन् ।
पछिल्लो समय नेपाली फिल्मका कलाकारहरु शरीर मेन्टेन गर्ने भन्दै खानेकुरामा कटौती गरिरहेका छन् । जसले उनीहरुको शरीरलाई हानी पनि गरिरहेको छ ।
प्रतिक्रिया