बैबाहिक जीवनमा बाँधिइन् सदीक्षा
सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठ वैवाहिक जीवनमा बाँधिएकी छिन् । सदीक्षाले आफ्ना प्रेमी राहुल मोक्तानसँग मंगलबार बिबाह गरेकी हुन् । गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा यी दुइको बिबाह भएको थियो । नेवारी परम्परा अनुसार यी दुइको बिहेको भएको हो ।
राहुल र सदीक्षा एक बर्ष भन्दा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । सदीक्षाको बिहेमा पूर्व मिस नेपालहरुको बाक्लो उपस्थिती थियो । बैबाहिक समारोहमा पूर्व मिस नेपाल मलिना जोशी, सुगारिका केसी लगायत पुगेका थिए । यस्तै, दुबैको नजिकका आफन्त र परिवार बिबाहमा पुगेका थिए ।
सदीक्षाका श्रीमान् राहुल पेशाले जीम व्यवसायी हुन् । सदिक्षा र राहुललाई बैबाहिक जीवनको शुभकामना ।
प्रतिक्रिया