ब्याचलर पार्टीमा नीताले किन काटिनन् रहस्यमयी त्यो केक ?
नयिका नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी असार २४ गते बैबाहिक जीवनमा बाँधिदैछन् । आज नीताको मेहेन्दी सेरेमोनी हो । झम्सिखेलमा नीताको मेहेन्दी सेरेमोनीको आयोजना हुँदैछ । बिहे र पार्टी भने याक एन्ड यति होटलमा आयोजना गरिएको छ ।
नीताले केही दिन अगाडि आफ्ना यूवती साथीहरुलाई बोलाएर ब्याचलर पार्टीको आयोजना गरिन् । ब्याचलर पार्टीमा उनलाई यूवती साथीहरुले विभिन्न उपहार दिए ।
नीताले त्यो समयमा २ वटा केक काटिन् । एउटा केकको तस्वीर त सार्वजनिक भैसकेको छ । तर, एउटा केक भने नीताले काट्न नै मानिन् । केक देख्न वित्तिकै नीताले मुख खुम्चाएकी थिइन् । साथै, यस्तो केक किन ल्याएको भन्दै उनले आफ्नो साथीलाई गाली समेत गरिन् ।
आखिर, ब्याचलर पार्टीमा नीताका लागि ल्याइएको त्यो केकमा त्यस्तो के थियो, जसले नीतालाई आक्रोशित बनायो । केक सार्वजनिक नगर्न नीताले सबै साथीहरुलाई चेतावनी नै दिएकी छिन् । ब्याचलर पार्टीमा नीताले काट्न नमानेको त्यो केकको तस्वीर मेरो फिल्मलाई प्राप्त भएको छ । तर, त्यो केक हामी सार्वजनिक गर्न असमर्थ छौं । नीताको ब्याचलर पार्टीमा काटिएको रहस्यमयी केक रहस्यमै रहला या कुनै दिन सार्वजनिक होला, त्यो पछि थाहा हुनेछ ।
प्रतिक्रिया