विवादित ‘नेपहपको श्रीपेच’ को मुकुट धर्मगुरूलाई फिर्ता
नेपालकै पहिलो हिपहप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार साइमनले उपाधि जितेपछि हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ मुकुट फिर्ता गरिएको छ ।
विवादित श्रीपेचको मुकुट बौद्ध धर्मावलम्बी गुरूलाई विजेता भाइबर साइमन र काठमाडौं महानगरका मेयर बालेन शाहले फिर्ता फिर्ता गरेका हुन् ।
विजेता भाइबर साइमन र काठमाडौं महानगरका मेयर बालेन शाहले बौद्ध कला संस्कृति झल्किने मुकुट बज्राचार्य समुदायको संस्कृतिसंग समेत जोडिएको बताइएको छ । बज्राचार्यहरूको पूजामा अभिषेक पाएपछि गुरूले शिष्यलाई यस्तो मुकुट दिने चलन छ ।
विजेतालाई सो मुकुट दिएपछि विरोध हुँदै आएकोमा बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका हुन्। ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका हुन्। आयोजकले धार्मिक भावनामा ठेस पुर्याउने आफूहरुको उद्देश्यले सो मुकुट विजेतालाई नदिइएको भन्दै फिर्ता गरेका हुन्।
आफूहरूको मुकुटलाई रियालिटी शोमा उपाधिका रूपमा दिइएको भन्दै विरोध भएको थियो । ‘कसैको धार्मिक भावनामा ठेस पुर्याउने उद्देश्य थिएन । त्यसैले मुकुट फिर्ता गरिएको हाे ।’ नेपहप श्रीपेचका निर्देशक निकेश खड्काले भने ।
शनिबार सम्पन्न शोको फाइनलमा बालेनले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्याइदिएका थिए। बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ। उक्त मुकुट बजारबाट किनेर ल्याइएको थियो।
उक्त मुकुट खोजेजस्तै संस्कृति झल्कने रहेको र बौद्ध कला देखिएका कारण रोजिएको बताइएको छ। विजेता साइमनलाई उपाधि दिन अर्को मुकुट तयारी रहेको छ।
शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह थिए । सो चलिरहँदा नै शाह काठमाडौं महानगरका मेयर निर्वाचित भएका थिए ।
प्रतिक्रिया