माँ ‘काली’ले चुरोट पिउँदै गरेको पोस्टर सार्वजनिकलगत्तै भारतमा तरंग
फिल्म निर्माता लीना मणिमेकलाईले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री आमा कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा जनताको आक्रोश चर्किएको हो ।
फिल्म ‘काली’ मा हिन्दू देवी कालीले चुरोट पिएको पोस्टर सार्वजनिक गरेसँगै क्यानडा र भारत लगायतका मुलुकमा हिन्दू धर्मावलम्बीहरूले विरोध जनाएका छन् ।
सत्तारूढ भारतीय जनता पार्टीकी पूर्वप्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदबारे गरेको विवादास्पद टिप्पणीको बहस सेलाउन नपाउँदै भारतमा फेरि अर्को धार्मिक विषयले तरंग ल्याएको हो।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरिएको छ । फिल्म निर्माताले आफ्ना देवी देउताको अपमान गरेको भन्दै हिन्दुहरूले आक्रोश जनाइरहेका छन्।
यो पोस्टरमा कालीको एक हातमा लैंगिक अल्पसंख्यकहरूको प्रतिनिधित्व गर्ने प्राइड फ्ल्याग बोकेको बनाइएको छ भने अर्को हातमा त्रिशूल बोकेको बनाइएको छ । यसैगरी अर्को हातले उनले चुरोट पिउँदै गरेको देखाइएको छ । लीना मनिमेकाले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।
उक्त पोस्टर सार्वजनिक भएसँगै भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले एरेस्ट लीना मनिमेकालाई ह्यासट्याग चलाइरहेका छन् भने दिल्ली प्रहरी र गृह मन्त्रालयमा उनीविरूद्ध छुट्टाछुट्टै उजुरी परेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, “हिन्दू धर्मको भावनालाई दिनहुँ चोट लागेको छ। यी मानिसहरूले हाम्रो धैर्यताको परीक्षा गरिरहेका छन्।“ केही प्रयोगकर्ताहरूले अन्य धर्मका भगवानलाई यसरी चुरोट पिउने देखाउन सकिन्छ ? प्रयोगकर्ताहरूले गृह मन्त्रालयदेखि पीएमओसम्म ट्याग गरेर लीनालाई पक्राउ गर्न माग गरिरहेका छन्। एकजनाले लेखेका छन्, ‘घृणा फैलाउनेहरूलाई पक्राउ गर्नुपर्छ।
पोष्टरमा एलजिबिटी समुदायको प्रतीकका मान्यता पाएको प्राइड फ्लयाग पनि देखाइएको छ। मनिकेकालाईको यो डकुमेन्ट्री ‘रिदम्स अफ क्यानडा’ मा प्रदर्शन गर्न बनाइएको हो। तमिलनाडुमा जन्मिएकी र अहिले अध्ययनका क्रममा क्यानडामा रहेकी फिल्म निर्माता एवं कवि मणिमेकका अनुसार यो फिल्म ‘परफर्मेन्स डकुमेन्ट्री’ हो ।
उनले आफूले निर्देशन गर्न लागेको फिल्ममा देखाइएको कालीको रुपलाई ‘मानवताको स्वरुप र विविधताको सम्मान गर्ने’ किसिमको बनाइएको दाबी गरेकी छन् । आफूमा कालीको रुपमा देख्ने भन्दै उनले कालीको जस्तै भेष बनाएर क्यानडाका गल्ली-गल्ली डुल्ने गरेको बताएकी छन् ।
उनी भन्छिन्‚ ‘मेरो फिल्ममा कालीले मेरो आत्मालाई रोज्छिन् । त्यसपछि उनी एक हातमा प्राइड फ्ल्याग र अर्को हातमा क्यामाेरा बोकेर देशका रैथाने अफ्रिकी‚ एसियाली‚ फारसी मूलका मानिसहरूसँग भेट्छिन् । क्यानडाजस्तो सानो दुनियामा बस्दै आएका यहूदी‚ ईसाई‚ मुस्लिम धर्मावलम्बीहरूसँग पनि उनको भेट हुन्छ ।’
लैङ्गिक अल्पसंख्यकहरूको पहिचान बनिसकेको सप्तरङ्गी झन्डालाई प्राइड फ्ल्यागको रुपमा देखाउने गरिन्छ; यसलाई रेनबो फ्ल्याग पनि भनिन्छ । आफूले निर्देशन गरेका यसअघिका फिल्ममा पनि देवीहरूको विभिन्न रुपलाई देखाउँदै आएको उनले बताइन् ।
यसअघि सन् २००७ मा उनको डकुमेन्ट्री फिल्म ‘गडडेस’लाई मुम्बई र म्युनिख फिल्म फेस्टिबलमा देखाइएको थियो । यसपछि सन् २०१९ मा उनको फिल्म ‘मादाती-एन अनफेयरी टेल’ मा एक दलित युवतीलाई देवीको रुपमा पूजा गरिएको दृश्य देखाइएको थियो ।
आफूले सार्वजनिक गरेको पोस्टरको दृश्यले देवी कालीको प्रेम-रुपलाई दर्साएको निर्देशक मणिमेकले दाबी गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले पनि यो पोस्टरले हिन्दुहरूको भावनामा चोट पुर्याएको भन्दै विरोध गरेका छन्। यसले हिन्दू धर्मावलम्बीहरूको भावनमाथि चोट पुगेको भन्दै क्यानडाको ओटावास्थित भारतीय उच्च आयोगले विरोध जनाउँदै विज्ञप्तिसमेत सार्वजनिक गरेको छ ।
ओटावास्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडा सरकार र आयोजकसँग डकुमेन्ट्री पोस्टरलगायतका सामग्री हटाउन माग गरेको छ।
सामाजिक सञ्जालमा आफूमाथि आक्रमण हुन थालेपछि लीना मनिमेकाले भने आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै कसैसँग पनि नडराउने बताएकी छन्।
यसअघि सन् २०१५ मा भारतको सेन्सर बोर्डले ‘एङ्ग्री इन्डियन गड्डेसेस’ नामक फिल्ममा देखाइएका यस्तै विवादास्पद सामग्रीहरूलाई हटाएको थियो । उक्त चलचित्रमा पनि विभिन्न हिन्दू देवी/देवताहरूको तस्बिरको दुरुपयोग गरिएको भन्ने आरोप लागेको थियो ।
Super thrilled to share the launch of my recent film – today at @AgaKhanMuseum as part of its “Rhythms of Canada”
Link: https://t.co/RAQimMt7LnI made this performance doc as a cohort of https://t.co/D5ywx1Y7Wu@YorkuAMPD @TorontoMet @YorkUFGS
Feeling pumped with my CREW❤️ pic.twitter.com/L8LDDnctC9
— Leena Manimekalai (@LeenaManimekali) July 2, 2022
प्रतिक्रिया