पुर्वमिस नेपाल सदीक्षा प्रेमी राहुलसँग आज विवाह बन्धनमा बाधिदै
पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ आज विवाह बन्धनमा बाधिदै छिन् । २०१० की मिस नेपाल श्रेष्ठले आज मंगलबार प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् ।
बिहे अघि नै उनीहरुले गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन पार्टी आयोजना गरेका छन् । उनीहरुले नेवारी परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।
बेलुका दुलाहा पक्षले जन्ती लिएर सदीक्षालाई लिन आउने चलन छ । पार्टीमा साथीभाई, आफन्त, सहकर्मी सबैलाई निम्तो दिइएको छ । तर, बिहेमा भने आफन्त र निकट व्यक्तिलाई मात्र बोलाइने बताइएको छ।
सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
प्रतिक्रिया