फिल्म छायांकनका लागि २ नायकसँगै लण्डन उडे साम्राज्ञी र गरिमा
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टू पेरिस’को छायांकन केही दिनमा लण्डनबाट सुरु हुँदैछ । फिल्मको छायांकनका लागि निर्देशक घनश्याम लामिछानेसहितको टिम केही दिन अगाडि नै लण्डन उडेको थियो । अब, यो फिल्मका मुख्य कलाकारहरु पनि लण्डन उडेका छन् ।
आज नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, मोडल गरिमा शर्मा, नव–नायक निश्चल खड्का र नायक कविर खड्का लण्डन उडेका हुन् । विमानस्थलमा मिडियाकर्मीसँग कुरा गर्दै उनीहरुले फिल्मलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिए ।
अमित बस्नेत, अजित कुमार थापा, परि राना, अंकित गौतम र सनिश खकुरेलको लगानीमा निर्माण हुन लागेको फिल्ममा अजित सिंह सह–निर्माताको रुपमा छन् ।
फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेशनलको ब्यारनमा निर्माण हुने फिल्मले लण्डनदेखि पेरिसम्मको यात्राको कथा भन्नेछ ।
प्रतिक्रिया