बिहेअघि नीता–हरिहरले गरे फिल्मको शुभसाइत
नायिका नीता ढुंगाना र कलाकार हरिहर अधिकारी असारको २४ गते बैबाहिक जीवनमा बाँधिने तयारीमा छन् । उनीहरुको बिहेका लागि कार्ड समेत वितरण भैसकेको छ ।
बिहेको तयारीमा रहेका हरिहर र नीताले फिल्मको पनि शुभसाइत गरेका छन् । नीता फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’को शुभसाइत भएको हो । हरिहर आफै ज्योतिष भएकाले पनि उनले हरेक कुराको साइत हेरेर काम गर्ने गरेका छन् । बैबाहिक जीवनमा बाँधिनु भन्दा ४ दिन अगाडि उनीहरुले फिल्मको शुभसाइत गरे । फिल्मको छायांकन भने बिहेपछि मात्र सुरु हुनेछ ।
यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्दैछन् । फिल्ममा नीता र हरिहरको साथमा सलोन बस्नेत मुख्य भूमिकामा छन् । यस्तै, साउथका चर्चित कलाकारहरुले समेत फिल्ममा काम गर्नेछन् । फिल्मको छायांकन नेपाल र भारतमा हुनेछ ।
फिल्मलाई लिएर महत्वकांक्षी देखिएका नीता र हरिहरले बिहेको औपचारिक जानकारी भने आज दिने वुझिएको छ ।
प्रतिक्रिया